PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

तीन औलाले सलाम गर्दै कर्फ्यु तोडेर थाइल्यान्डमा प्रदर्शन जारी



पहिलोपोस्ट

तीन औलाले सलाम गर्दै कर्फ्यु तोडेर थाइल्यान्डमा प्रदर्शन जारी

सरकारले निषेधाज्ञा लगाएको भए पनि थाइल्यान्डको राजधानी बैंककमा दशौं हजार मानिस प्रजातान्त्रिक आन्दोलनका लागि उत्रिएका छन्। थाइ सरकारले डिक्री निषेध जारी गर्दै कुनै पनि भेला आयोजनामाथि रोक लगाएको थियो।

सारकारले जारी गरेको कर्फ्युपछि पनि प्रदर्शनकारीहरु निश्चिन्त भएर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन्।

२० जना आन्दोलनकारीको रिहाई हुनुपर्ने लगायतको मागसहित उनीहरुले कर्फ्यु तोडेका हुन्। 

आन्दोलनकारीहरुले तीनवटा औलाको सलामी दिँदै आन्दोलन अगाडि बढाएका छन्। तीन वटा औंला सलामीको अर्थ हो आन्दोलन।

प्रजातान्त्रिक आन्दोलनका लागि युवाहरु सडकमा धेरै देखिएका छन्। उनीहरुले राजाको शक्ति न्युनिकरण, प्रधानमन्त्रीको राजीनामा लगायतका विषयलाई आन्दोलनको प्रमुख मुद्दा बनाउँदै आएका छन्।

विद्यार्थी आन्दोलन एकाएक उठेपछि थाइ सरकारले आपतकालको घोषणा गर्दै कुनै पनि भेला गर्न नपाउने जनाएको थियो। प्रहरीले जारी गरेको निर्देशिकाअनुसार ४ जना भन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन निषेध थियो। तर एकै पटक दशौं हजार मानिस सडकमा उत्रिएका छन्।

पछिल्लो एक सातामा ४० भन्दा धेरै आन्दोलनको नेतृत्व लिनेहरु पक्राउ परेका छन्। यसले आन्दोलनको गतिलाई थप बढाएको छ। पक्राउ पर्नेमा धेरैजसो मानव अधिकारकर्मी, विद्यार्थी नेताहरु रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell