PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्रान्समा मानिसको गतिविधि रोक्न प्रहरी परिचालन, युरोपमा दोस्रो लहरको कहर



पहिलोपोस्ट

फ्रान्समा मानिसको गतिविधि रोक्न प्रहरी परिचालन, युरोपमा दोस्रो लहरको कहर
PA MEDIA

शनिवारदेखि रात्रिकालीन कर्फ्युको घोषणा भएको फ्रान्समा एक्कासी संक्रमितको संख्या थपिन थालेको छ। बिहीवार एक्कासी ३० हजार ६ सय २१ नयाँ केस थपिएपछि युरोपेली शक्तिराष्ट्रको हालत थप खराब भएको हो। बुधवार भन्दा बिहीवार २२ हजार ५ सय ९१ जना नयाँ कोभिड १९ संक्रमित थपिएका हुन्।

विश्व स्वास्थ्य संगठनले कडा प्रतिबन्धहरु नलगाउने हो भने फ्रान्समा जीवन रक्षा कठिन हुने चेतावनीसमेत दिएको छ। कोरोना भाइरसको दोस्रो लहर आएको भन्दै युरोपेली मुलुकहरुलाई कडा निषेधाज्ञा आवश्यक रहेको बताइएको छ।

शनिवारबाट लन्डनमा घरभित्र पनि जमघटहरु प्रतिबन्ध लगाइएको छ। बेलायतका अन्य भागमा पनि कोभिड अलर्ट जारी गरिएको छ।

बिहीवार फ्रान्ससँगै इटाली, पोल्यान्ड र जर्मनीमा पनि उच्च दरमा संक्रमितको संख्या पहिचान भएको छ। धेरै संख्यामा परीक्षण दायरा बढाउँदा एकाएक संक्रमितको संख्यामा उछाल आएको हो। 

रसियामा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु रेकर्ड भएको छ। त्यहाँ २ सय ८६ जनाले कोभिड १९ संक्रमणकै बीच ज्यान गुमाएका छन्। 

विश्व स्वास्थ्य संगठनले युरोपेली सरकारहरुलाई जोखिम नियन्त्रणका लागि उचित कदम चाल्न आह्वान गरेको छ।

फ्रान्समा के भइरहेको छ त?
फ्रान्समा राष्ट्रपति इम्मानुल म्याकरोनले नयाँ प्रतिवन्धात्मक व्यवस्थाको उद्‌घोष गरिसकेका छन्। रातिको समय कर्फ्युको घोषणा गरिएको छ यहाँ। पेरिस र त्यसको नजिकका शहरहरुमा कुनै कारणविना मानिस रातिको समय बाहिर निस्किन पाउने छैनन्। पेरिस र अन्य ८ वटा शहरमा यस्तो निषेधाज्ञा जारी गरिएको हो। कम्तिमा ४ साताका लागि यस्तो व्यवस्था गरिएको हो। 

मानिसहरुको गतिविधि नियन्त्रणमा लिन धेरै संख्यामा प्रहरी परिचालन समेत गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell