PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भोलिबाट दशैं तर छैन पंडालको सुरसार : देवीका मूर्ति त बन्यो, लैजाने चाहिँ पाएनन् श्याम नारायणले

भोलिबाट दशैं तर छैन पंडालको सुरसार : देवीका मूर्ति त बन्यो, लैजाने चाहिँ पाएनन् श्याम नारायणले

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भोलि शनिवारबाट दशैं सुरु हुँदैछ। घरघरमा जमरा राखेर देवी दुर्गाको आह्वान हुनेछ। घटस्थापनाको दिनदेखि विभिन्न स्थानमा दुर्गा पूजाका लागि पंडाल बनाउने समेत गरिन्छ। नवरात्रको ९ दिन पंडालमा जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान गरिन्छ। पंडालमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरुपहरु राखिन्छ। मधेशभर आयोजन हुने दुर्गा पूजाको रौनक केही समयदेखि काठमाडौं उपत्यकामा समेत देख्न पाइन्छ, आजकल।

तर, यसपटक काठमाडौंमा ठूलठूला पंडाल बनेका छैनन्। न त देवी दूर्गाको मूर्तिको आह्वानमा जाग्राम बसिँदैछ। केही स्थानमा दुर्गाको मूर्ति राखिने भए पनि पहिलेजस्तो भिड हुनेछैन। कारण – कोरोना भाइरस।

कोरोना भाइरसको संक्रमणका कारण धेरै भिड हुने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध छ। जसकारण यसपटक दुर्गा पूजा औपचारिकतामा मात्रै सीमित हुने देखिन्छ।

दुर्गा पूजा त औपचारिकतामा मात्रै सीमित हुँदा हरेक वर्ष पंडालमा विराजमान गराउन दुर्गाको मूर्ति बनाउनेहरु भने निराश सुनिन्छन्।

+++

सिरहाका श्याम नारायण पण्डित युवा उमेरमा नै काठमाडौं आए, परिवार सहित। काठमाडौं आएर दुर्गा पूजाका लागि मूर्ति बनाउने काममा लागे। हरेक वर्ष दुर्गा पूजाका लागि उनी ५० भन्दा बढी मूर्ति बनाउँथे। पण्डित माटोबाट मूर्तिलाई आकार दिन्थे। छोरा मूर्तिमा रंग भर्ने काम गर्थे। अर्डर अनुसार मूर्तिको आकार र स्वरुप फरक हुन्थ्यो। तर, यसपटक कोरोना कहरका कारण मूर्तिहरु त बने त किन्ने गाह्रक आएनन्।

लकडाउन र निषेधाज्ञाका कारण कमाइ गर्ने माध्यम बन्द भयो। दशैं तिहारमा मूर्ति बेचेर केही आम्दानी हुन्छ भन्ने आशा थियो। तर, त्यस्तो भएन। कोरोनाकै कारण पहिलाभन्दा कम संख्यामा मूर्ति बनाएका थिए। तर, ती पनि बिक्री भएन। हरेक वर्ष मूर्ति बेचेर केही नाफा हुन्थ्यो। यो वर्ष त संचित गरेर राखेको रकम नि सकियो। आशा मूर्ति व्यापार नै थियो, जुन टुट्यो।

‘दुर्गा पूजा त रोकिन्न होला भन्ने थियो। तर यो महामारीले गाह्रै बनायो। पहिला भन्दा ७५ प्रतिशत कम व्यापार भयो,’ उनले भने।

समय अनुकुल भएको भए आज र भोलि उनीकहाँ मूर्ति लिन आउनेको भिड हुन्थ्यो। ‘जय माता दि भन्दै’ मूर्ति लिएर पंडाल लगिन्थ्यो। तर, यसपटक उनी आफै मूर्तिले घेरिएका छन्, गाह्रकको पर्खाइमा।



ट्रेन्डिङ पोस्ट

Ncell