PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

परीक्षण गरेका स्वाबमा ५० प्रतिशतभन्दा धेरैको रिजल्ट पोजेटिभ!



पहिलोपोस्ट

परीक्षण गरेका स्वाबमा ५० प्रतिशतभन्दा धेरैको रिजल्ट पोजेटिभ!
फाइल फोटो

काठमाडौं : कोभिड १९ संक्रमितको संख्या लगातार बढ्नेक्रम थामिएको छैन। धरानमा गरिएको कूल परीक्षणमध्ये पचास प्रतिशतमा कोभिड १९ पोजेटिभ फेला परेको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा गरिएको परीक्षणमा यस्तो नतिजा देखा परेको हो। प्रयोगशालामा ३ सय २६ जनाको थ्रोट स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये १ सय ६४ जनामा संक्रमण पोजेटिभ देखियो भने १ सय ५९ जनामा नेगेटिभ।

यहाँको प्रयोगशालामा भएको पुन:परीक्षणमा ६ सय ६६ जनाको रिजल्ट पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। आज बिहान ८:३० बजेसम्म यहाँ संक्रमणमुक्त भएर ७ सय ८४ जना डिस्चार्ज भइसकेका छन्। यहाँ ५९ जना संक्रमितले ज्यान गुमाए। अहिलेसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा ९ सय १९ जना भर्ना भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell