PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

पूर्व प्रधानमन्त्री बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ-जनतालाई गलत सूचना दिएर भड्काउने गैर जिम्मेवार काम नगर्नुस्



पहिलोपोस्ट

पूर्व प्रधानमन्त्री बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ-जनतालाई गलत सूचना दिएर भड्काउने गैर जिम्मेवार काम नगर्नुस्

काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन्। 

आज नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवस कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए।

प्रधानमन्त्री ओलीले भने,' कसैले नलिएको, कार्य आरम्भ नभएको, हुन्छ हुँदैन, कसले गर्छ भन्ने टुङ्गो नभएको आयोजनामा पूर्व प्रधानमन्त्री जस्तो मान्छेले यति अर्ब बाँडेर खाएर भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।'

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले  केही दिनअघि मात्र बूढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मिलेर ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell