PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतलाई पहिलो अस्कर अवार्ड दिलाउने भानू अथैयाको निधन



पहिलोपोस्ट

भारतलाई पहिलो अस्कर अवार्ड दिलाउने भानू अथैयाको निधन

भारतको पहिलो अस्कर अवार्ड विजेता एवं भारतीय सिनेमा क्षेत्रकी चर्चित कस्ट्युम डिजाइनर भानू अथैयाको ९१ वर्षको उमेरमा निधन भयो। ब्रेन ट्यूमरका कारण ३ वर्षदेखि थला परेकी उनले विहीवार निदाइ रहेकै अवस्थामा प्राण त्यागिन्।

भानू अथैयाले सन् १९८२ मा सार्वजनिक भएको फिल्म 'गान्धी'मा कस्ट्यूम डिजाइन गरेकी थिइन्। उक्त फिल्मका लागि उनले अस्कर अवार्ड पाएकी थिइन्। फिल्मलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन गरेका थिए।

पचासको दशकमा भारतीय सिनेमामा सक्रिय भानू अथैयाले एक सयभन्दा बढी फिल्मका लागि कस्ट्यूम डिजाइन गरेकी थिइन्। अस्कर बाहेक उनले राष्ट्रिय पुरस्कार पनि पाएकी थिइन्।

आमिर खानको फिल्म फिल्म ‘लगान’ र शाहरुख खानको फिल्म ‘स्वदेश’का लागि उनले अन्तिम पटक कस्ट्यूम डिजाइन गरेकी थिइन्।

अथैयाले सन् २०१२ मा अस्कर अवार्ड फिर्ता गर्ने इच्छा व्यक्त गरेकी थिइन्। उनी चाहन्थिन् आफू मरेर गएपनि अवार्ड सुरक्षित रहोस्।

बीबीसीसँगको अन्तर्वातामा उनले भनेकी थिइन्,’अवार्डको सुरक्षा महत्वपूर्ण विषय हो। भारतमा पहिले पनि ट्रफीहरू गायब भएका छन्। मैले यति वर्ष अवार्ड इन्जोय गरें। आगामी दिनमा पनि त्यसो सुरक्षा चाहन्छु।‘

अमरिकी कस्ट्यूम डिजाइनर एडिथ हेडले पनि मर्नुअघि आफ्ना ८ ट्रफी अस्कर कार्यालयमा आफ्नो ट्रफी राखेको बताएकी थिइन्।

सन् १९८३ को अस्कर समारोहमा उनले गान्धी निर्देशक रिचर्डलाई दुनियाँको ध्यान भारततर्फ आकर्षित गरेकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

भानू चित्रकार थिइन्। उनले चित्रकारितामा गोल्ड मेडलिस्ट थिइन्। जसका कारण रिचर्डले आफ्नो फिल्मका लागि रोजेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell