PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

७७ वटै जिल्लामा सक्रिय संक्रमित, ५४ प्रतिशत सक्रिय संक्रमित उपत्यकामै कुन जिल्लामा कति?



विधुर ढकाल

७७ वटै जिल्लामा सक्रिय संक्रमित, ५४ प्रतिशत सक्रिय संक्रमित उपत्यकामै कुन जिल्लामा कति?

काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमितको संख्याले एक लाख २० हजार नाघेको छ। कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुग्दा सक्रिय संक्रमित कुल संक्रमितको ३० प्रतिशत छन्। हाल ३६ हजार ५३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

संक्रमण पुष्टि भएका मध्ये हालसम्म ६९४ जनाको मृत्यु भइसकेको छ। जुन कुल संक्रमितको ०.६ प्रतिशत हो। त्यस्तै ६९.४ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन ८४ हजार ५१८ हो।  

 

 

कुल संक्रमित मध्ये ३१ प्रतिशत अर्थात ३७ हजार १४४ महिला र ६९ प्रतिशत अर्था ८४ हजार ६०१ पुरुष छन्।

मन्त्रालयको तथ्यांक अनुसार हाल ११ जिल्ला सबैभन्दा बढी प्रभावित छन्। ११ जिल्लामा ५०० बढी सक्रिय संक्रमितहरु आइसोलेसनमा छन्। ७७ वटै जिल्लामा सक्रिय सक्रमित रहँदा  २८ जिल्लामा ५० भन्दा कम सक्रिय संक्रमित छन्। त्यस्तै २७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ देखि २०० सम्म रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २२ जिल्लामा २०१ भन्दा बढी सक्रिय संक्रमित छन्।

२०० बढी सक्रिय संक्रमित रहेका जिल्ला मध्ये ११ जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन्। जसमध्ये प्रदेश १ को मोरङ र सुनसरी, बागमतीको काठमाडौं, भक्तपुर, ललितपु, चितवन र मकवानपुर, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही छन्।

यी जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौंमा १५ हजार ९०१, ललितपुरमा २ हजार ५४० र भक्तपुरमा एक हजार ३८६ जना गरी १९ हजार ८२७ जना सक्रिय संक्रमित छन्। जुन कुल सक्रिय संक्रमितको ५४.२७ प्रतिशत हो।

त्यस्तै मोरङ जिल्लामा दुई हजार १६९ र सुनसरीमा २०३५ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै चितवनमा एक हजार ३६, सुर्खेतमा ७९० र मकवानपुरमा ७७३ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै दाङमा ६१२ र बाँकेमा ५०७ संक्रमित अझै उपचारका क्रममा आइसोलेसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell