PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्यान्सरबारे बोले सञ्जय दत्त, भने : यी दागलाई चाँडै हराउनेछु



पहिलोपोस्ट

क्यान्सरबारे बोले सञ्जय दत्त, भने : यी दागलाई चाँडै हराउनेछु

आफ्नो फोक्सोको क्यान्सर बारे बलिउड स्टार सञ्जय दत्तले पहिलो पटक मुख खोलेका छन्। ६१ वर्षीय अभिनेताले इन्स्टाग्राम लाइभमार्फत् समस्या बारे भने – ‘यो रोगलाई चाँडै हराएर छाड्छु।’

एक सय ५० भन्दा बढी फिल्ममा अभिनय गरेका दत्तले आफू नोभेम्बरमा नयाँ फिल्म छायाँकनलाई लागि फ्लोरमा निस्कने बताएका छन्।

अगस्टमा उनलाई स्वास प्रस्वासमा समस्या देखिए पछि कोभिड-१९ परीक्षण गरिएको थियो। तर, उनमा संक्रमण पुष्टि भएन। लगत्तै मुम्बईस्थित लिलावती अस्पतालमा गरिएको जाँचमा उनको फोक्सोमा समस्या देखिएको बताइएको थियो। स्रोत उल्लेख नगरी उनलाई क्यान्सर भएको बारे समाचार प्रकाशित भए। तर, उनी स्वयंले भने केही समय कामबाट छुट्टी लिएर उपचार गराउने बताएका थिए।

भलै उपचारकै क्रममा उनले फिल्म ‘शमशेरा’को छायाँकन सके।

आधिकारिक रुपमा क्यान्सरबारे जानकारी दिएका उनले भिडियोमा अनुहारका दाग देखाउँदै भनेका छन् – म यी दागलाई चाँडै हराउनेछु।

सञ्जयकी आमा नरगिस र पहिलो श्रीमती ऋचा शर्माको क्यान्सरकै कारण निधन भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell