PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

२२ वर्षे युवाको कोभिड-१९ बाट मृत्यु, ट्वाइलेटमा बेहोस भई अस्पतालमा भर्ना, मृत्युपछि संक्रमण पुष्टि



पहिलोपोस्ट

२२ वर्षे युवाको कोभिड-१९ बाट मृत्यु, ट्वाइलेटमा बेहोस भई अस्पतालमा भर्ना, मृत्युपछि संक्रमण पुष्टि

काठमाडौं : सुर्खेतमा थप एक जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। जिल्लाको गुर्भाकोट नगरपालिका २ का २२ वर्षका युवाको मृत्यु भएको हो। उनको मृत्युपछि परीक्षण गर्दा कोभिड-१९ को संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिएका छन्।

गुर्भाकोटमा ठूलो बुवाको घरमा पढ्न बसेका उनी बुधवार सौचालय जाने क्रममा लडेका थिए। सौचालयमा धेरैबेर ढोकामा नुखेलपछि परिवारले खोलेर हेर्दा मुखमा फिँज आएको र बेहोस भएको अवस्थामा परिवारले फेला पारेका थिए।
परिवारले शुरुमा झारफुक गर्न लगेको र पछि देउती अस्पताल प्रा.लि.मा भर्ना गरेको त्यहाँ पनि उपचार सम्भव नभएपछि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो।

प्रदेश अस्पताल स्रोतका अनुसार बेहोश र मुखबाट फिज आइरहेको अवस्थामा २०७७ असोज २८ गते राति ११:०० उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। निजलाई सास फेर्न गाह्रो भएकोले त्यस लगत्तै नै सघन उपचार कक्षमा राखी मुखबाट पाइप राखी उपचार शुरु गरिएको थियो।

निजको अवस्था सुधार नभए पछि बिहीवार बिहान फोक्सोको बाहिर हावा भरिएको एक्सरेमा देखिएको थियो। बिहीवार दिउँसो १:१५ बजे छातीमा पाइप राखी आवश्यक उपचार गर्दै गर्दा उनको बिहीवार नै मृत्यु भएको थियो।

उनको मृत्युपछि उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए।

योसँगै कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये १२ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell