PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नयाँ फिल्महरू बारे जानकारी दिँदै कंगना रनौतले भनिन् : मैले बलिउडलाई पहिलो एक्सन हिरोइन दिएकी छु  



पहिलोपोस्ट

नयाँ फिल्महरू बारे जानकारी दिँदै कंगना रनौतले भनिन् : मैले बलिउडलाई पहिलो एक्सन हिरोइन दिएकी छु  

बलिउड अभिनेत्री कंगना रनौत माइक्रो ब्लगिङ साइट ट्वीटरमा सक्रिय छिन्। ट्वीटमार्फत् सुशान्त सिंह राजपुतको मृत्युको बारेमा बोलिन्। उनको आत्मविश्वास र बोलीको तारिफ गर्नेहरू देखिए। ट्वीटमार्फत् उनले बलिउडमा व्याप्त नातावादविरुद्ध बोलिन्। वाहवाही बटुलिन्।

तर, केही महिना मै उनको विपक्षमा बोल्नेहरू निस्किए। जसको प्रतिवादमा समेत उत्रिइन् उनी। त्यसयता बलिउडलाई गाली गर्नमा र नातावादसँगै, ड्रग्स र शोषणको नाली भन्न पनि पछि परिनन्।

शुक्रवार भने उनले बलिउडमा आफ्नो उपस्थितिको महत्व झल्कने ट्वीट लेखिन्। भिडियोसहित गरिएको उक्त पोस्टमा उनले आफ्नो दुई नया बलिउड प्रोजेक्टबारे जानकारी दिएकी छिन्। भनेकी छिन् : मैले मेरा आगामी एक्सन फिल्महरू ‘तेजस’ र ‘धकाड’को लागि एक्सन ट्रेनिङ सुरु गरें।

उक्त फिल्महरूमा उनी क्रमश: एक फौजी र जासुसको भूमिका निर्वाह गर्दैछिन्।

कंगनाले आफूलाई बलिउडको थालीले धेरै दिएको होला, बराबर आफूले पनि फिल्म ‘मणिकर्णिका’ पछि बलिउडका लागि पहिलो एक्सन अभिनेत्री दिएको बताएकी छिन्।

उनी ट्वीटरमा ट्रेन्डिङ ह्यास ट्याग इन्डिया रिजेक्ट्स बलिउडको बारेमा निरन्तर बोलिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell