मोरङः पछिल्लो २४ घण्टामा प्रदेश नम्वर १ मा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुई जना रहेका छन्। योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सइ २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्। यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई÷दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ।
यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ। अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।