PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रुपन्देहीमा थप एक संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा थप एक संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका २ का ६७ वर्षका पुरुषको शुक्रवार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

असोज २१ गते कोभिड-१९ संक्रमण पुष्टि भई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानाको आइसोलेसन कक्षमा भर्ना भएका उनलाई स्वास्थ्य थप खराब भएपछि २५ गते सघन उपचार कक्षमा सारिएको थियो।

निजमा ज्वरो र स्वासप्रश्वासमा समस्या भई उपचारको क्रममा शुक्रवार बिहान ७:१५ बजे मृत्यु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नेत्रबहादुर रानाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell