PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नेपालमा मानव अधिकार उल्लंघन गर्नेमा भारतीय एसएसबीका इन्सपेक्टर पनि, आयोगले गर्‍यो कारवाहीको ताकेता



पहिलोपोस्ट

नेपालमा मानव अधिकार उल्लंघन गर्नेमा भारतीय एसएसबीका इन्सपेक्टर पनि, आयोगले गर्‍यो कारवाहीको ताकेता

काठमाडौं: नेपालमा मानव अधिकार उल्लंघन गर्नेमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का इन्सपेक्टर समेत परेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले बिहीवार सार्वजनिक गरेको दुई दशकमा मानवअधिकार उल्लंघनका घटनासम्बन्धी प्रतिवेदनमा भारतीय एसएसबीका इन्सपेक्टरको नाम पनि परेको हो।

प्रतिवेदनमा मानव अधिकार उल्लंघन गर्ने कुन २८६ जनाको नाम छ। जसमा नेपाल प्रहरीका ९८, सशस्त्र प्रहरीका ८, नेपाली सेनाका ८५, नेकपा माओवादीका ६५, निजामती कर्मचारी १६, शिक्षक ४, चिकित्सक २, मानवअधिकारकर्मी १ जना रहेको आयोगका अध्यक्ष अनुपराज शर्माले जानकारी दिए।

त्यसैगरी अन्य ७ जना पनि उल्लंघनकर्ताको सूचीमा छन्। यसमा एसएसबीका इन्सपेक्टर हितेन्द्र सिंहसँगै जवान मदनसिंह सोडारको नाम पनि छ। प्रतिवेदनको ५६ औ पेजमा २५५ औ र २५६ औ स्थानमा उनीहरुको नाम छ।

इन्सपेक्टर सिंहको नेतृत्वमा एसएसबीको टोलीले मोरङ अमाहीवरियाती वडा ७ का वासुदेव साहलाई २०६७ सालमा नेपाल भारत सीमाको दशगजा नजिकै नेपाली भूभाग खयरवना भन्ने ठाउँमा हतियारसहित प्रवेश गरी हत्या गरेको थियो।

यो घटनामा आयोगले इन्सपेक्टर सिंह र जवान सोडारलाई दोषी ठहर गर्दै मानव अधिकार उल्लंघनकर्ताको सूचीमा राखेको हो। दुबैलाई कारवाहीको सिफारिस गर्न सरकारलाई आग्रह समेत गरेको छ। प्रतिवेदनमा हालसम्म सरकारले कारवाहीको सिफारिस नगरेको पनि उल्लेख छ।

त्यसो त अन्य ठाउँमा पनि बेला बेला भारतीय एसएसबी हतियारसहित नेपाल प्रवेश गर्ने गरेको छ। तर कुनै कारवाही भएको देखिँदैन।

प्रतिवेदनमा भीआईपीहरु को को?

प्रतिवेदनमा उल्लेखित मानव अधिकार उल्लंघनकर्तामा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, आयोगका सहसचिव राजकुमार श्रेष्ठ, सचिव तोयम रायामाझी, पूर्वसहसचिव भोला शिवाकोटी, पूर्वसचिव श्याम प्रसाद मैनाली रहेका छन्। त्यसैगरी सहसचिव चुडामणी शर्मा, पूर्व गृहसचिव नारायणगोपाल मलेगोलगायत मानव अधिकार उल्लंघनकर्ताको सूचीमा छन्।

उच्च सुरक्षा अधिकारीमा पूर्वआइजीपी कुवेरसिंह राना, पूर्वएआईजी तारिणी लम्साल, सशस्त्रका पूर्वडीआईजी खडानन्द चौधरी, नेपाली सेनाका कर्णेल राजु बस्नेतलगायत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell