PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल



पहिलोपोस्ट

भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिक टन मल अहिलेकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।

उनले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने टिप्पणी गरे।

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन्,' उनले भने, 'कलकत्ताकै पोर्टबाट आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड हुनुपर्छ। जो दिनदिनै आउनेछ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए। अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ थियो।

 कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell