PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

आईपीएल : कोलकताका कप्तान दिनेश कार्तिकले दिए राजीनामा, मोर्गन नयाँ कप्तान



पहिलोपोस्ट

आईपीएल : कोलकताका कप्तान दिनेश कार्तिकले दिए राजीनामा, मोर्गन नयाँ कप्तान

इण्डियन प्रिमियर लिग (आईपीएल) को एक टिम कोलकता नाइट राइडर्स (केकेआर) का कप्तान दिनेश कार्तिकले पदबाट राजीनामा दिएका छन्।

आज राती मुम्बई इण्डियनसँग हुने खेलको पूर्वसन्ध्यामा कार्तिकले कप्तानी छोडेका हुन्। उप-कप्तान रहेका इयोन मोर्गन अब नयाँ कप्तान हुनेछन्।

आईपीएलमा आज राती अबुधाबीमा मुम्बई इण्डियन्सविरुद्ध कोलकता मोर्गनको कप्तानीमा मैदानमा उत्रिनेछ।

टिमको प्रदर्शनलाई लिएर दिनेश कार्तिकको कप्तानीको आलोचना समेत भइरहेको थियो। कार्तिकले अब आफू ब्याटिङमा केन्द्रित हुने र टिमको उद्देश्यमा बढी भन्दा बढी योगदान दिने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell