PahiloPost

Nov 28, 2025 | १३ मंसिर २०८२

धनगढीमा गरिएको परीक्षणमा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना पुष्टि



एम बम

धनगढीमा गरिएको परीक्षणमा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना पुष्टि

कैलाली : धनगढीमा गरिएको परीक्षणमा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको कोरोना परीक्षण गरिएकोमा थप ४७ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीका ४३ मध्ये धनगढी उपमहानगरपालिकाका मात्रै ३६ जना रहेका छन्। यस्तै, कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका-३ का एक जनामा समेत संक्रमण पुष्टि भएको छ।

धनगढीमै गरिएको परीक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना र पुर्नवास नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

हाल सेती अस्पतालमा ९ महिला र ३४ पुरुष गरी ४३ संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell