PahiloPost

Jul 4, 2025 | २० असार २०८२

फेसबुक पेजमा अश्लील सामग्री पोस्ट गरी बलात्कार दुरुत्साहन गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

फेसबुक पेजमा अश्लील सामग्री पोस्ट गरी बलात्कार दुरुत्साहन गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : फेसबुक पेजमा अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट गरेको अभियोगमा एक जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्यूठानको झिन्द्रुक गाउँपालिका-७ घर भई हाल कावासोती नगरपालिका-१६ बस्ने १९ वर्षीय नविन बस्नेत रहेका छन्।

उनले फेसबुकमा ‘बलात्कारी संगठन’ नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरेको प्रहरीले जनाएको छ। आपत्तिजनक सामग्री पोस्ट गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा बलात्कार दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचारविरुद्धको सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर भएकाले प्रहरीले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell