PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फालाई राखेपको ग्रिन सिग्नल



पहिलोपोस्ट

बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फालाई राखेपको ग्रिन सिग्नल
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले फुटबल अभ्यासका लागि एन्फाले गरेको प्रस्ताव स्वीकृत गरेको छ। बंगलादेशको राष्ट्रिय टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि अभ्यास गर्न राखेपले स्वीकृति दिएको हो।

राखेपले स्वीकृति दिएसँगै दशैँपछि मैत्रीपूर्ण खेलका लागि अभ्यास शुरु हुने एन्फाले जनाएको छ। यसअघि बंगलादेश फुटबल फेडेरेसनले नेपाली पुरुष राष्ट्रिय टोलीलाई दुई वटा मैत्रीपूर्ण खेलको लागि निम्ता दिएको थियो।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएदेखि हालसम्म फुटबलका सबै क्रियाकलाप ठप्प रहेको थियो। राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गत अगस्ट १७ बाट हुने तय भएको थियो। तर, फिफा वर्ल्ड कप २०२२ र एसियन कप २०२३ को छनौट चरणका खेलहरु स्थगित भएसँगै नेपाली टोलीको बन्द प्रशिक्षणलगायतका सबै क्रियाकलाप पनि स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell