PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नश्लवादी फिल्म एवं कार्टुनविरुद्ध चेतावनी  : हटाउनुभन्दा ती सामाग्रीविरुद्ध वहस आवश्यक



पहिलोपोस्ट

नश्लवादी फिल्म एवं कार्टुनविरुद्ध चेतावनी  : हटाउनुभन्दा ती सामाग्रीविरुद्ध वहस आवश्यक
Getty Images

डिज्नीले परम्परागत फिल्महरूका लागि सल्लाहकारहरूले तयार पारेको नश्लवादविरुद्धको सुझाव अद्यावधिक गरेको छ। गत वर्षदेखि जारी गरिएको उक्त सुझावमा महत्वपूर्ण सन्देश थपिएको हो।

डिज्नी प्लसमार्फत् प्रसारण भएका डम्बो, पीटर प्यान, जंगल बुकलगायत फिल्ममा प्रस्तुत रुढिवादविरुद्ध चेतावनी दिइएको थियो।

’यी फिल्महरूले मानिस र उनीहरूको संस्कृतिलाई गलत ढङ्गमा प्रस्तुत गरेका छन्। समूह विशेषलाई नकारात्मक ढङ्गमा प्रस्तुत गरेका छन्’, उक्त चेतावनीमा भनिएको थियो, ‘ती रुढिवाद पहिले पनि गलत थिए र अहिले पनि गलत हुन्।

बीबीसीका अनुसार अद्यावधिक गरिएको सन्देशमा फिल्म हटाइनुभन्दा पनि महत्वपूर्ण ती फिल्महरूले पारेका नकारात्मक प्रभावबारे प्रकाश पार्न आवश्यक रहेको बताइएको छ। ‘पहिलेको गल्तीबाट सिक्नुपर्छ। वहस हुनुपर्छ र फिल्महरूलाई समावेशी बनाइनु पर्छ’, भनिएको छ।

‘द एरिस्टोक्याट्स’मा बिरालोलाई पहेलो रङको देखाउनु र पिटर प्यानमा नेटिभ अमेरिकनलाई रातो रङको प्रस्तुत गर्नुलाई नश्लवाद प्रोत्साहित गर्नु भनिएको छ।

बेलायती-नाइजेरियन अभिनेता जोन बोएगाले आफूलाई डिज्नीले पन्छाएको आरोप लगाएका थिए। त्यस्तै ‘मोअना’मा प्रयोग कस्ट्युमले खैरो अनुहार भएकाहरू अपमान गरेको आरोप छ।

‘लेडी एण्ड द ट्र्याम्प’लाई पनि नश्लवादी भएको र रुढिवादी सोच प्रोत्साहित गरेको आरोपमा चेतावनी दिएको छ

गत नोभेम्बरमै कम्पनीलाई नश्लवादविरुद्ध सझाव दिइएको थियो। लगत्तै डिज्नीले फिल्महरूको डिस्क्लेमरमा लेखेको थियो – यस कार्यक्रम जस्तो निर्माण गरेको त्यस्तै देखाइएको छ। यसमा प्रस्तुत सामाग्रीमा पूराना सांस्कृतिक मान्यताहरू झल्कन सक्छ।

‘सङ अफ द साउथ’ लगायत फिल्म त नश्लवादकै कारण डिज्नी प्लसबाट हटाइयो। सन् १९४६ मा सार्वजनिक उक्त फिल्म अमेरिकामा कहिले पनि डिभिडीमार्फत् सार्वजनिक भएन। उक्त फिल्ममा कालो वर्णका अंकल रेमस नामक पात्र दास हुन्छ। र, उ कपास खेतीमै खुशी छ भन्ने देखाउन खोजिएको छ।

फिल्म निर्माण कम्पनी वार्नर ब्रोजलाई कम्पनीका कार्टुनहरू ‘नैतिक र जातीय पूर्वाग्रह’ राख्ने भएको बताइएको छ।

जवाफमा वार्नर ब्रोजले भनेको छ, ‘ती कार्टुनहरूले हालको समाज चित्रण नगर्ने भएकाले जस्तो बनाइएको हो त्यस्तै प्रस्तुत गरिएको छ। कार्टुनहरू हटाउनुको अर्थ तिनमा प्रस्तुत रुढिवाद कहिल्यै थिएनन् भन्नु सरह हुन्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell