PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदेश १ लाई किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान छ : मन्त्री घिमिरे



फूलमाया पुरी

प्रदेश १ लाई किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान छ : मन्त्री घिमिरे

विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताएका छन्। उनले प्रविधिको रुपान्तरणबिना जनताको जीवनस्तर उकास्न नसकिने बताए।

विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ।
विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकको सूचना प्रविधिसम्बन्धी क्षमता विकासका लागि दोश्रो चरणको अनलाइन तालिमको शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले उक्त भनाइ राख्का हुन्।

शिक्षकलाई प्रविधिप्रेमी बन्न र सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गरे। पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन पनि उनले आग्रह गरे।

प्रदेश १ का सबै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। १० वर्षभित्रमा किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २/४ वर्ष भित्रमा सबै विद्यालय प्रविधिमैत्री बन्ने उनको भनाइ छ।

१ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याब निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताए।

‘प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्नेछन्’, उनले भने, ‘ती प्रविधिमैत्री १ सय शिक्षकले सूचना प्रविधिसम्बन्धी तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन्।’

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिमपछि विद्यालयको पठनपाठनमा ठूलो परिवर्तन आउने बताइन्। सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जोड दिए। शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्यसहित तालिम शुरु गरिएको सचिव कार्कीले दावी गरे।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ। पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागी छन्। त्यस्तै, दोश्रो चरणको तालिम शुक्रवारदेखि शुरु भएको छ। दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागी भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए।

 ‘प्रदेश सरकारको स्थापनापछि प्रदेश, संघ र स्थानीय सरकार मिलेर करिब १३ सय विद्यालहरुमा कम्प्युटर ल्याबको स्थापनामा सहयोग गरेका छौं’, उनले भने, ‘हो त्यही ल्याबको प्रयोग हुनुपर्छ भनेर त्यस कार्यक्रमलाई जोडेर यो तालिम सञ्चालन गरिएको हो।’

त्यसो त प्रदेश १ भरका २२४ विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो। भदौ १ गतेदेखि त्यसलाई हटाउन भनेको थियो। पछिल्लो समयमा जहाँ बढी प्रकोप छ त्यहाँ बढीमा १० विद्यालयमा क्वारेन्टाइन यथावत छन्। जसलाई स्थानीय सरकारले छिटै विकल्पको खोजी गरी विद्यालयको क्वारेन्टाइन हटाउने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell