PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मोरङका २०७ जनासहित प्रदेश १ मा ४६८ संक्रमित थपिए, तीन जनाको मृत्यु



फूलमाया पुरी

मोरङका २०७ जनासहित प्रदेश १ मा ४६८ संक्रमित थपिए, तीन जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ४६८ कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेश १ को मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २/२, भोजपुर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन्। त्यस्तै, सुन्दरहरैचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २/२, कटहरी, रंगेली र रतुवामाईमा १/१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

यता सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहवीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३/३, गढी र इनरुवामा २/२, देवानगञ्ज र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको विर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २/२, शिवसताक्षी, कनकाई,  कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तेह्रथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १/१, धनकुटामा २, संखुवासभाको खाँदबारी र सभापोखरीमा १/१, भोजुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ शुक्रवार देखिएका ४६८ सहित कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ।

प्रदेश १ मा शुक्रवार २२१ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ।

प्रदेश १ मा शुक्रवार १ हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

तीन जना उपचाररत संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र विराटनगरका दुई अस्पतालको कोभिड अस्पतालमा तथा आइसोलेसनमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालरको कोभिड आइसोलेसनमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका ३ का ५५ वर्षीय र सिरहाका ६५ वर्षिय उपचाररत पुरुषको एक घण्टाको फरकमा मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए।

त्यस्तै, विराटनगरस्थित कै न्यूरो कार्डियो तथा मल्टीस्पेसलिस्ट अस्पतालको कोभिड अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १० का ५१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कर्मचारी उमेश शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell