काठमाडौं : नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आगामी कात्तिक २ देखि ४ गतेसम्म आयोजना गरिने भएको छ। कोभिड-१९ महामारीका कारण स्थगित भएको बैठकको मिति तय भएको हो।
उक्त सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस्तै, जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने बताइएको छ।
यसअघि भदौको लागि तय भएको सो बैठक कोरोनाका कारण स्थगित भएको थियो।
