PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

कांग्रेस निकट कानुन व्यवसायी संगठनमा कारबाहीको लहरो, बारका दुई पूर्व अध्यक्षलाई साधारण सदस्यबाट हटाइयो



पहिलोपोस्ट

कांग्रेस निकट कानुन व्यवसायी संगठनमा कारबाहीको लहरो, बारका दुई पूर्व अध्यक्षलाई साधारण सदस्यबाट हटाइयो

काठमाडौँः नेपाल बार एशोसिएशनको चुनावमा संगठनका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले (डिएलए) तीन वरिष्ठ अधिवक्तासहित पाँच जनालाई कारबाही गरेको छ। डिएलएले बिहीबार नेपाल बारका दुई पूर्व अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको हो।

२०७५ चैतमा सम्पन्न निर्वाचनमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका उम्मेदवार सुनिलकुमार पोखरेल पराजित भएका थिए। पराजयपछि संगठनले सुझाव दिन समिति गठन गरेको थियो। सुझाव र प्राप्त उजुरीका आधारमा पाँच जनालाई कारबाही गरिएको डिएलएले जनाएको छ।

निर्णय अनुसार बारका पूर्व अध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्काको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ। यस्तै, डिएलएकै पूर्व अध्यक्ष यदुनाथ खनाललाई पनि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ। निर्णय अनुसार बारका पूर्व महासचिव विजय मिश्र र काठमाडौँ बारका पूर्व अध्यक्ष सीताराम दवाडीलाई कारबाही गरिएको छ।

डिएलएको अनुशासन समितिले भदौ ३ गते पाँच जनालाई नै स्पष्टीकरण समेत सोधेको थियो। स्पष्टीकरणको जवाफ पाँचै जनाले नदिएको समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell