PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कात्तिक २ पछि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द



पहिलोपोस्ट

कात्तिक २ पछि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँः जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो।

कोरोना जोखिम थप बढेको निष्कर्षसहित स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो। २ गतेपछि जिल्लाभित्र अत्यावश्यक सेवाभन्दा बाहेकका सबै सेवा बन्द हुने प्रशासनको सूचनामा उल्लेख छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell