PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोलकताले मुम्बईलाई दियो १ सय ४९ रनको लक्ष्य, प्याट कमिन्सको अर्धशतक



पहिलोपोस्ट

कोलकताले मुम्बईलाई दियो १ सय ४९ रनको लक्ष्य, प्याट कमिन्सको अर्धशतक
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शेख जायेद स्टेडियम अबुदाबीमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको छ।

कोलकताका लागि प्याट कमिन्सले अभिजित रहँदै सर्वाधिक ५३ रन जोडे। शुरुमा खस्किएको कोलकताको ब्याटिङ कमिन्स र इयोन मार्गनको साझेदारीले उकासेको हो। कप्तान इयोन मोर्गनले अभिजित ३९ रन जोड्दा शुबमन गिलले २१ रन तथा आन्द्रे रसेलले १२ बनाए। अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन।

उता मुम्बईका राहुल चहरले २ तथा ट्रेन्ट बोल्ट, नाथान कोल्टर नाइल र जसप्रित बुमराहले १/१ विकेट लिए।

मुम्बई केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell