A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697ceac904af20.17583115): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697ceac904af20.17583115,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.697ceac904e431.56627022): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.697ceac904e431.56627022,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.697ceac907e790.90056212): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.697ceac907e790.90056212,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

१ लाख धनराशीको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान खत्री पुरस्कृत
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

१ लाख धनराशीको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान खत्री पुरस्कृत



फूलमाया पुरी

१ लाख धनराशीको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान खत्री पुरस्कृत

विराटनगर : यस वर्षको १ लाख धनराशीको सातौँ ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान सविना खत्री पुरस्कृत भएकी छिन्।

प्रदेशभरबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्री पुरस्कृत भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कुमार कार्कीले जानकारी दिए।

कार्कीका अनुसार प्रहरी जवान खत्रीलाई ६५ औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो।

२०७६ सालमा तत्कालिन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहदा प्रहरी जवान खत्रीले विभागिय मुल्य/मान्यता, आदेश/निर्देशनको पालना गरेकी थिइन्। त्यस्तै, व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जबरजस्ती करणी जस्तो जघन्य अपराधको घटनामा फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन पनि उनी सफल भएकी थिइन्।

खत्रीले सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशीको पुरस्कारले खत्रीलाई पुरस्कृत गरेको हो।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरुमध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ। पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप प्रहरी जवान खत्रीलाई साधनादेवी उत्कृष्ट प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राडा बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गरे।

प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले बताए। उनले आफ्नी स्वर्गीय माता साधनादेवी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा बिक्रम प्रसाद श्रेष्ठलाई धन्वाद दिए। सोही अवसरमा पुरस्कृत हुने प्रहरी जवानलाई बधाई समेत दिए।

पुरस्कृत हुने प्रहरी जवान खत्रीले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफूलाई छनौट गरेर ठुलो सम्मान गरेकोमा खुसी व्यक्त गरेकी छिन्। यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको पुरस्कृत खत्रीले बताइन्।

स्वर्गीय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्देश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा बिक्रम श्रेष्ठले आफू लगायत आफ्नो परिवार खुसी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell