PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अर्ली भोटिङमा अमेरिकामा नयाँ रेकर्ड, कोरोनाको डरले चुनावको दिनसम्म नकुरी विकल्पमा भोटर



पहिलोपोस्ट

अर्ली भोटिङमा अमेरिकामा नयाँ रेकर्ड, कोरोनाको डरले चुनावको दिनसम्म नकुरी विकल्पमा भोटर

संयुक्त राज्य अमेरिकामा चुनावको मितिभन्दा अगाडि नै भोट हाल्नेहरुको रेकर्ड कायम भएको छ। विभिन्न राज्यका निर्वाचन कार्यालयको रेकर्ड अनुसार नोभेम्बर ३ मा निर्वाचन हुनुपूर्व नै उल्लेख्य संख्यामा भोट खसेको हो।

२ करोड २० लाखभन्दा धेरै अमेरिकीले शुक्रवारसम्म भोट हालिसकेका छन्। व्यक्ति उपस्थित भएर अथवा हुलाक मार्फत् चुनावमा सहभागिता जनाएको युएस इलेक्सन प्रोजेक्टले जनाएको छ।

सन् २०१६ मा यही दिनसम्म ६० लाख अमेरिकीले भोट दिएका थिए।

विज्ञहरुका अनुसार कोरोना भाइरसको त्रासका कारण चुनावको दिनसम्म मानिसहरु कुर्न तयार छैनन जसको असर अगाडि नै भोट गर्नेहरुको संख्या बढाएको हो। जोखिमबाट टाढा रहन मानिसहरुले विकल्पका रुपमा अगाडि नै भोट हालिरहेका छन्। 

गएको मंगलवार टेक्ससमा ब्यालेटमा नै भोट हाल्नेको रेकर्ड कायम भयो। यहाँ हुलाकमार्फत् भोटिङमा कडा प्रावधान राखिएकाले निर्वाचनमा सहभागी हुन योग्यहरुले पहिलो दिन नै बुथमा पुगेर आफ्नो मत जाहेर गरेका थिए।

सोमवार जर्जियामा कोलम्बस डे पर्‍यो जसमा सार्वजनिक विदा थियो। त्यस दिन १ लाख २६ हजार ८ सय ७६ भोट खस्यो र राज्यमा नयाँ रेकर्ड कायम भयो। 

महत्वपूर्ण र भोट स्विङ हुने राज्य ओहायोमा २३ लाखभन्दा धेरैले हुलाकबाट भोटिङ गरेका छन् जुन सन् २०१६ को भन्दा दोब्बर हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell