PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

दशैंभन्दा अघि नै फूल्यो मखमली, तिहारका लागि किसानहरु माला बनाउन तयार

दशैंभन्दा अघि नै फूल्यो मखमली, तिहारका लागि किसानहरु माला बनाउन तयार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आजबाट दशैंको औपचारिक सुरुवात भएको छ। आज घरघरमा घटस्थापना हुने गर्छ। एक महिना लामो मलमासका कारण यसापाल दशैं पनि एक महिना नै ढिलो सुरु भएको छ। तर कोरोनाको कहरका कारण यसापालाको दशैं फिक्का अनुभूति सबैले गरेका छन्।

ढिलो गरेर दशैं सुरु गरेकाले हुनुपर्छ यसपाला तिहारको फूलका रुपमा चिनिने मखमली दशैं अघि नै लटरम्म फूले। नओइलाउने भएकाले फूलको खेती गर्नेहरुलाई चाँडो हुँदा कुनै असर गर्दैन। त्यसैले किसानहरुले अहिलेदेखि नै मखमली फूल टिप्न थालिसकेका छन्।

दशैं र तिहार दुवै अघिल्ला वर्षहरुमा जसरी मनाउन सक्ने अवस्था भने छैन। किसानहरुले उत्पादन गरेको यी फूलको पनि बजार कोरोना भाइरसकै कारण खुम्चिने निश्चित छ। किनकि नवरात्रिका लागि तयार पारिएका मूर्तिहरु बिक्न सकेको छैन। दशैंको माहोलले बजारलाई जसरी गर्माउँथ्यो, यसपाला स्थिति ठीक उल्टो छ। यसपालाको दशैं न्यु नर्मल दशैं बन्दैछ भने तिहारको पनि हाल उस्तै हुने देखिन्छ। फूल उत्पादन गर्ने किसानहरुलाई चाहिँ तिहारमा कारोबार कस्तो होला भन्ने पीर छ। 



ट्रेन्डिङ पोस्ट

Ncell