PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दशैंको पहिलो दिनको बिहानी दृष्य : ब्रम्हायणी मन्दिर बन्द, बाहिरैबाट भक्तजनको पूजा

दशैंको पहिलो दिनको बिहानी दृष्य : ब्रम्हायणी मन्दिर बन्द, बाहिरैबाट भक्तजनको पूजा

पहिलोपोस्ट /पहिलोपोस्ट


दशैंको आज पहिलो दिन। कोरोना भाइरसको संक्रमणका कारण यसपालाको दशैंमा सबैखाले गतिविधि सीमित हुँदैछ। किनकि सरकारले मठमन्दिर र भिड लाग्नेगरी पूजाआजा गर्न निषेध गरेको छ। दैनिक कोरोना भाइरसको संक्रमित संख्या बढिरहँदा मानिसहरुमा त्रास पनि छ। तर, पनि मानिसहरु फाट्टफुट्ट मन्दिरमा पुग्न थालिसकेका छन्।

आज ब्रम्हायणी मन्दिरमा मानिसहरु पूजाका लागि पुगेका थिए। ब्राम्हायणी मन्दिर पूरै बन्द गरिएको छ तर मानिसहरु बाहिर पुगेर पूजाआजा गरिरहेका छन्। भिडभाड कम होस् भनेर स्काउट र नगरपालिकाका मानिसहरु सक्रिय भएर व्यवस्थापन गरेका छन्। पहिलेको तुलनामा मानिसको उपस्थिति कम देखिन्छ। साँझ हुने बाजागाजासहितका कार्यक्रमहरु सबै स्थगित छन्। 
 



ट्रेन्डिङ पोस्ट

Ncell