PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

एम्बापेको दोहोरो गोलमा पीएसजीको सहज जित



पहिलोपोस्ट

एम्बापेको दोहोरो गोलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान अन्तर्गत गएराती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्समाथि सहज जित निकालेको छ। स्टेड डेस कोस्टिअर्समा भएको खेलमा पीएसजीले घरेलु टोलिमाथी ४-० को सहज जित निकालेको हो।

पीएसजीको जितमा किलियन एम्बापेले २ गोल गर्दा एलेसेन्ड्रो फ्लोरेन्जी र पाब्लाे सरबियाले समान १/१ गोल गरे।

खेलको १२ औ मिनेट मै निम्सका लोइक लान्द्रे रेड कार्ड खादै बाहिरिए पछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो।

खेलको पहिलो हाफमा एम्बापेले पीएसजीलाई अग्रता दिलाएका थिए। उनले खेलको ३२ औ मिनेटमा गोल गरे। त्यस्तै दोस्रो हाफमा फ्लोरेन्जीले पीएसजीका लागि गोल थपे। उनले खेलको ७७ औ मिनेटमा गोल गर्दा ८३ औ मिनेटमा मिनेटमा एम्बापेले अर्को गोल थपे। त्यस्तै ८८ औ मिनेटमा सरबियाले गोल गर्दा पीएसजीले ले ४-० को सहज जित निकालेको हो।

जित सगै ७ खेलबाट १५ अंक जोडेको पीएसजी अंकतालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे शछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell