PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘मायाले मलाई बोलायो’ भिडियोमा स्मिता दाहाल र सलोन बस्नेतको सम्बन्धको कथा



पहिलोपोस्ट

‘मायाले मलाई बोलायो’ भिडियोमा स्मिता दाहाल र सलोन बस्नेतको सम्बन्धको कथा

काठमाडौं : गायिका स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘मायाले मलाई बोलायो’ बोलको गीत भिडियोसहित युट्यब रिलिज भएको हो। स्मिताको स्वार रहेको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ। दिक्षित पौडेलले एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा गायिका दाहालसँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन्। भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। दुई पात्र बालपनदेखि कसरी नजिक रहन्छन् र उनीहरूको सम्बन्ध ठूलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा देखाइएको छ।

'प्रफेक्ट प्लान'को युट्युब च्यानलमा उपलब्ध छ भिडियोमा अन्य कलाकार प्रकाश घिमिरे, गौतम धिमाल, सुमिन गुरुङको अभिनय रहेको छ। भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell