PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कर्णाली प्रदेशकाे विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार



पहिलोपोस्ट

कर्णाली प्रदेशकाे विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे नेताहरुसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्षका नेताहरुसँग ओली छलफलमा छन्।

मुख्यमन्त्री शाहीविरुद्ध कँडेलको नेतृत्वमा अविश्वसको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएकाे थियाे। गत आइतवार १८ जना सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बिहीवार छलफल गर्नेगरी मंगलवार काठमाडौं बोलाएका थिए। तर, अझैसम्म पनि संयुक्त रुपमा छलफल हुन सकेको छैन।

अध्यक्ष प्रचण्डले दुई पक्षसँग बिहीवार र शुक्रवार छुट्टाछुट्टै छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार डाके पनि उनी अनुपस्थित छन्।

प्रचण्डले ओलीलाई पहिले नेताहरुसँग छलफल गरेपछि मात्रै संयुक्त छलफल गर्ने जानकारी दिएका छन्।

‘मैले उहाँहरुसँग दुई दिन छलफल गरिसकेको छु। पहिले तपाइले छलफल गर्नुस्। त्यसपछि मात्रैसँगै बसौंला,' प्रचण्डको भनाइ उदृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell