PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरकारको परराष्ट्र नीति असन्तुलित, आफ्नै भूमिमा समेत दाबी गर्न सकेन: नेता सिंह



पहिलोपोस्ट

सरकारको परराष्ट्र नीति असन्तुलित, आफ्नै भूमिमा समेत दाबी गर्न सकेन: नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन्। नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्क को उद्घाटन गर्दै शनिबार उनले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको सिंहको भनाई छ।

`आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ। यो दुर्भाग्य हो,´उनले भने।

त्यस्तै उनले अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे। जतिसुकै ठूलो नेता भए पनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए।

नेता सिंहले करिब दुई तिहाई बहुमतको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षा दिन पनि असफल भएको बताए। सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। दिनानुदिन बलात्कार र महिला हिंसाका घटना बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको उनको आरोप छ।

त्यस्तै कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गरे। उक्त ठाउँमा नमूना विकास गर्ने उनको भनाई छ। जनआन्दोलनका उपलब्धी रक्षा गर्न पुन: स्युचाटारबाटै संकल्प गर्नुपर्ने भन्दै उनले अब कांग्रेस हाक्न र मुलुकलाई कुशल नेतृत्व दिन आगामी महाधिवेशनबाट प्रकाशमान सिंहलाई सभापति बनाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell