PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

यसरी हनुमान ढोकामा राखियो जमरा, दशैंको आज पहिलो दिन

यसरी हनुमान ढोकामा राखियो जमरा, दशैंको आज पहिलो दिन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ।

आज बिहान ११ बजेर ४६ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। देशभर कोभिड १९ संक्रमणको कारण हनुमानढोकामा पनि सामाजिक दुरी र सुरक्षाको मापदण्ड पुरा गरेर घटस्थापना गरिएको छ।

घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

घटस्थापनाका दिन घरघरमा कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ।

घटस्थापनाका दिन सबेरै स्नान गरी खोला तथा नदीको बगरबाट बालुवा ल्याएर पूजा कोठामा राखिन्‍छ र त्यसमा त्यसमा मकै, जौ रोपिन्छ जसलाई जमरा भनिन्छ।

जमरा वरपर उज्यालो र सूर्यको प्रकाश छेकेर अँध्यारो बनाइन्छ। देवी भगवतीलाई सबैभन्दा बढी मन पर्ने वनस्पति जमरा भएकाले उनलाई खुशी पार्न जमरा राखेर पूजा आराधनापछि दशमीका दिन मान्यजनका हातबाट आशीर्वादसहित देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने प्रचलन छ।



ट्रेन्डिङ पोस्ट

Ncell