PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डाक्टर सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक



पहिलोपोस्ट

डाक्टर सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक

काठमाडौं : डाक्टर सुधा शर्माको नयाँ कृति सार्वजनिक भएको छ। शनिवार संस्मरणात्मक पुस्तक ‘सिंहदरबारको घुम्ने मेच’ लोकार्पण भएको हो।

डाक्टर शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन्।

यस पुस्तकमा शर्माको निजी जीवन र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ। सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहज मान्थ्यो। व्यंग्यात्मक शैलीमा लेखिएको यस पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो। साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पनि हो।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, 'यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ।'

पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले प्रतिक्रिया व्यक्त गरे,’यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ।‘ 

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला-२०२० अन्तरगतको अन्तिम प्रकाशन हो। यसअघि दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ र भुवन ढुंगानाको ‘परित्यक्ता’ सार्वजनिक भइसकेका छन्।

४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा उपलब्ध छन्।

पुस्तकलाई ई-बुकका रुपमा थुप्रै डट कमबाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वव्यापी रुपमा उपलब्ध हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell