PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अस्ताए नेपाली फिल्मको पहिलो छायाँकार



पहिलोपोस्ट

अस्ताए नेपाली फिल्मको पहिलो छायाँकार

काठमाडौं : नेपाली फिल्म​ क्षेत्रको प​हिलो छायाँकार (सिनेम्याटोग्राफ​र)​ वैकुण्ठमान​ मास्केको निधन भएको छ। निदान अस्पतालमा उपचाररत् उनको शुक्रवार निधन भएको हो। किड्नीका बिरामी ८३ वर्षीय उनमा कोभिड-१९ समेत पुष्टि भएको थियो।

मास्केले २०२१ साल​मा पुनास्थित​ भार​तीय​ फिल्म​ प्राविधिक शिक्षाल​य​बाट​ सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए। औपचारिक पढाइ सकेयता उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे। उन​ले प​रिव​र्त​न​, म​न​को बाँध​, हिजो आज​ भोली ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी फिल्म​ खिचेका छ​न्। 

मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए। नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ को अवसरमा उनलाई सम्मानित गरिएको हो।

मास्केको नेपाली सेनाको स​लामीस​हित​ शुक्र​वार​ नै प​शुप​तिको विद्युतीय​ शवब​दाह​मा अन्त्य​ष्टी ग​रिएको छ।

उनकी श्रीमती र एक छोरी छिन्। श्रीमती विमला मास्के अवकाश प्राप्त सह सचिव हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell