PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

३० मिनेट अन्तरमा दुई जनाको मृत्यु, दुवै थिए कोभिड १९ संक्रमित



पहिलोपोस्ट

३० मिनेट अन्तरमा दुई जनाको मृत्यु, दुवै थिए कोभिड १९ संक्रमित
मृत्यु भएका संक्रमितको शवको फाइल फोटो।

काठमाडौं : जम्मा ३० मिनेटको अन्तरमा कोभिड १९ संक्रमित दुई जनाको मृत्यु भएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो।

सुनसरी जिल्ला धरान नगरपालिका १५ का ६५ वर्षीय पुरुषको हिजो साँझ सबा सात बजे मृत्यु भयो। २९ गते अस्पताल भर्ना भएका उनको त्यसको भोलिपल्टै मृत्यु भएको हो। अस्पताल भर्ना हुनु एक दिन अघिमात्रै उनमा कोरोना संक्रमण देखिएको थियो। अन्य दीर्घ रोगसँग लड्दै आएका उनको संक्रमणकै बीच मृत्यु भयो।

धरानका ६५ वर्षीय पुरुषको मृत्यु भएको ३० मिनेटपछि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा झापाका शिवगडी ११ का अर्का पुरुषको पनि मृत्यु भयो। ५६ वर्षीय उनको पौने आठ बजे मृत्यु भएको हो। उनी अघिल्लो दिनमात्रै अस्पतालमा भर्ना भएका थिए। २८ गते कोभिड १९ पुष्टि भएपछि उनलाई भोलिपल्ट प्रतिष्ठानको कोभिड १९ अस्पताल पुर्‍याइएको थियो। उनी पनि दीर्घ रोगसँग लड्दै आएका थिए।

प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार दुवै शवको व्यवस्थापन नियमअनुसार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell