PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रहरीको दुई घण्टा लामो अप्रेसन : अपार्टमेन्ट लुकाइराखेको २२ केजी सुन बरामद



राधेश्याम पटेल

प्रहरीको दुई घण्टा लामो अप्रेसन : अपार्टमेन्ट लुकाइराखेको २२ केजी सुन बरामद

वीरगंज : प्रहरीले पर्साको वीरगंजस्थित एक घरमा छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पारेको छ।

प्रहरीको विषेश टोलीले शनिवार वीरगंज महानगरपालिका वडा नम्बर ५ रेसमकोठी स्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो। अपार्टमेन्टबाट २२ केजी ५ सय ग्राम सुन फेला परिसकेको छ।

'हाम्रो अप्रेसन सकिएको छ। केही मात्रमा सुन फेला परेको छ। सक्कली वा नक्कली परीक्षणपछि खुल्नेछ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

अवैध रुपमा भित्र्याएको सुन प्रहरीले फेला पारे पनि यसमा संलग्न मानिस भने पक्राउ गर्न सकेको छैन। सुन भारतीय नागरिकको भएको खुलेको छ। बिहारमा अहिले निर्वाचनको माहोल छ। रक्सौल विधानसभाको सिटमा उम्मेद्वारी दिएका प्रमोद सिन्हाका भाई अशोक सिन्हाको सुनको यो कारोबारमा संलग्नता भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीले बरामद गरेको सुन सक्कली प्रमाणित भएमा १८ करोड रुपैयाँ भन्दाबढी मूल्य पर्न आउने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell