PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

टाइफाइडको खोप दिएर बसेका ४२ वर्षीय पुरुषको अस्पतालमा निधन, परीक्षणपछि थाहा भयो कोभिड १९



पहिलोपोस्ट

टाइफाइडको खोप दिएर बसेका ४२ वर्षीय पुरुषको अस्पतालमा निधन, परीक्षणपछि थाहा भयो कोभिड १९

काठमाडौं : स्वासप्रस्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गुमाएका एक ४२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

१० दिनअघि ज्वरो आएपछि मेडिकलमा पुगेर टाइफाइडको खोप लगाएर बसेका उनको स्वास्थ्य बिग्रिएपछि असोज ३० गते प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आज बिहान ४ बजे उनमा अक्सिजन स्याचुरेसन ह्वात्तै घटेरसास फेर्न कठिन भएको थियो।

उनलाई आकस्मिक कक्षमा नै राखेर अक्सिजन दिइएको थियो भने मुखबाट पाइप राखेर इन्टुवेसन गरी उपचार प्रयास गरिएको थियो। बिहान ६:३० बजे उनको स्वाब परीक्षणका लागि पठाइएको थियो। क्रमश मुटुको चाल बन्द हुँदै गएपछि उनको छाती थिचेर ब्युताउँने प्रयास भएको महाशाखाले जनाएको छ। उपचारकै क्रममा उनको ७:२५ बजे मृत्यु भयो। जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा ११:३० बजे उनमा कोभिड १९ को संक्रमण देखियो।

कर्णाली प्रदेशमा कोभिड १९ संक्रमणबाट मृत्यु भएको यो १३ औं केस भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell