PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

२४ घण्टामा कोभिड १९ संक्रमित ३ हजार १ सय ६७ थपिए, मृत्यु हुनेको सङ्ख्या १२



पहिलोपोस्ट

२४ घण्टामा कोभिड १९ संक्रमित ३ हजार १ सय ६७ थपिए, मृत्यु हुनेको सङ्ख्या १२

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट भएको १५ हजार ४ सय ३८ नमुनाको परीक्षण गर्दा ३ हजार १ सय ७६ जना नयाँ संक्रमित पहिचान भएको स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यससँगै नेपालमा सक्रिय संक्रमित ३८ हजार ७ सय ३७ पुगेको छ भने कूल संक्रमित संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। ८९ हजार ८ सय ४० जना भने निको भएर फर्किसकेका छन्।

कोभिड संक्रमण देखिएका मध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाभित्रका रहेका छन्। काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको हो। २४ घण्टामा कोभिड १९ संक्रमण भएका १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण भएका ७ सय २७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

शुक्रवार मात्र देशभर २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको थियो। यो सङ्ख्या देशभर रहेको प्रयोगशालामा १६ हजार ५३१ जनाको परीक्षण गर्दा देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell