PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

घुस लिएको अभियोगमा सबडिभिजन बन कार्यालय रुपन्देहीका वन रक्षक पक्राउ



रासस

घुस लिएको अभियोगमा सबडिभिजन बन कार्यालय रुपन्देहीका वन रक्षक पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन बन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले शनिवार पक्राउ गरेको हो। आयोगका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो।

यस्तै, आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहनी र उनकी श्रीमती निर्मला केवटलाई चार लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रवार सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो। उनीहरुलाई शुक्रवार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले शनिवार सार्वजनिक गरिएको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell