PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

मूल्य सूची नराख्ने भरतपुरका ५ फर्मलाई ५० हजार जरिबाना



राधेश्याम पटेल

मूल्य सूची नराख्ने भरतपुरका ५ फर्मलाई ५० हजार जरिबाना

वीरगंज : उपभोक्ता ऐन विपरित व्यवसाय गर्ने चितवनको भरतपुरका ५ वटा पसल तथा उद्योग कारबाहीमा परेका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका निमित कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा शुक्रवार गरिएको भरतपुर बजार अनुगमनको क्रममा नारायणगढमा सञ्चालित मूल्य सूची नराखेका ५ वटा फर्म तथा उद्योगलाई ५०/५० हजार जरिवाना गरेको हो।

पसल तथा उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल जरिबाना गरिएको कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी गराए। नारायणगढका निर्जला स्टोर्स, सुनिता खाद्य उधोग, जयश्री बालाजी ट्रेडर्स, शूलभ खाद्य भण्डार, शूभम फ्रुट ट्रेडर्सलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जानकारी गराएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय चितवन र चितवन प्रहरीका प्रतिनिधिहरुको सहभागिता थियो। चार्ड पर्वको अवसरमा मध्यतराईका जिल्लामा बजार अनुगमन तीव्र पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell