PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कैलालीमा अर्को आदेश नभएसम्मका लागि चाडपर्व लक्षित निषेधाज्ञा जारी



एम बम

कैलालीमा अर्को आदेश नभएसम्मका लागि चाडपर्व लक्षित निषेधाज्ञा जारी

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ। चाडपर्वमा हुन सक्ने कोरोनाको जोखिम बढाउने खालका चुनौतीपूर्ण गतिविधिमा रोक लगाइएको छ।

विशेष गरी शुभकामना आदानप्रदान तथा पूजा पाठलाई व्यवस्थित बनाउने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। शनिवार देखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए। निषेधाज्ञा उलंघन गरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने उनले बताए।

उनले जारी गरेको आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। तर, सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गते भन्दा पहिले कायम गरिएको नियमित भाडादर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ। जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट समेत गर्न नपाइने आदेशमा उल्लेख छ।

कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जिद, गुरुद्वारा लगायतका धार्मिक र सांस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजाअर्चना, उत्सव, भजन कीर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने जनाइको छ।

त्यस्तै, राजनीतिक दल, संघ संस्था, क्लब, सञ्जाल, समूहहरूले भेला जम्मा भई शुभकामना आदानप्रदान गर्ने लगायतका कुनै पनि कार्यक्रम गर्न नपाउने सो निषेधाज्ञामा उल्लेख छ।

सरकारी निकायले विगतको भन्दा थप व्यवस्थित हुने गरी सेवा प्रवाह गर्ने आदेश जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell