PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, थपिए ४८१ संक्रमित



फूलमाया पुरी

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, थपिए ४८१ संक्रमित

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १/१ जना संक्रमितको मृत्यु भएको हो। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ।

त्यस्तै, प्रदेश १ मा थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन्। सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३/१३, बेलबारी र जहदामा ९/९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २/२, बराहक्षेत्र र गढीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७/७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३,  शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १/१ र स्थानीय तह नखुलेका ५ जना संक्रमित भएका छन्।

संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १/१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell