PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

घनश्याम ओलीको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक



पहिलोपोस्ट

घनश्याम ओलीको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक

सहिन कुशल युट्युब च्यानलमार्फत ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक भएको छ। घनश्याम ओलीको शब्द र वसन्त सापकोटाको संगीत रहेको यस भिडियोको गीतलाई चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईले स्वर दिएका छन्।

भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन्। भिडियोमा ‘हामी यस्तै हो ब्रो’, ‘ब्याड लक’ जस्ता सिरियलबाट प्रसिद्धि कमाएका कलाकारहरु जुना सुन्दास, कुशल बिष्ट, सहिन प्रजापति र बिना राउतको अभिनय देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell