PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शिव श्रेष्ठको 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर रिलिज, हल खुलेपछि मात्रै फिल्म प्रदर्शन हुने



पहिलोपोस्ट

शिव श्रेष्ठको 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर रिलिज, हल खुलेपछि मात्रै फिल्म प्रदर्शन हुने

चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर रिलिज गरिएको छ।

फिल्मबाटै शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरले डेब्यू गर्दैछन्।

आज रिलिज गरिएको दोश्रो टिजरमा माया र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन्। यसै फिल्ममार्फत डेब्यू गर्न लागेका शक्ति श्रेष्ठ र कविता मानन्धर दोस्रो टिजरमा देखिएका छन्।

नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्ममार्फत नेपाली र सम्बन्धित देशको कला संस्कृतिको उत्थानमा योगदान दिएका कलाकार शिव श्रेष्ठ आफैले हालको कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेश सापकोटाको भनाइ छ।

२०७४ चैत ३० गते उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थितिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो। निर्माण युनिटले 'मल्टि स्टार' र 'बिग बजेट' फिल्म भएकाले सुटिङ सक्न समय लागेको बताएको छ।

यस अगाडि निर्माण गरेको फिल्म बाग्मती ब्यवसायिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यशोदा राई र दिनेश दर्शनधारीले नेपाली फिल्मप्रतिको सद्भाव प्रष्ट पर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्ना साथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गर्नुलाई सापकोटा स्वागत गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell