PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अग्रता जोगाउन नसक्दा एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्कमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले घरेलु टोलीसँग अंक बाँडेको हो।

खेलमा लिभरपुलले तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो। रोबर्टसनको पासमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाए।

तर १९ औं मिनेटमा माइकल केनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमम ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमम फेरि लिभरपुलले अग्रता बनायो। खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए। तर ८१ औं मिनेटमा डोमेनिक कालभेर्ट लेविनले गोल फर्काउँदा खेल २-२ को बराबरीमा टुंगियो। खेलको अन्तिम मिनेटमा लिभरपुलका रिचार्लिसन् रातो कार्ड खाँदै बाहिरिएका थिए।

खेल बराबरीमा टुंगिएसँगै ५ खेलबाट १३ अंक जोडेको एभर्टन तालिकाको शीर्ष स्थानमा छ भने समान खेल खेलेको लिभरपुल १० अंकसहित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell