PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

चेन्नाइले दिल्लीलाई दियो १८० रनको लक्ष्य



पहिलोपोस्ट

चेन्नाइले दिल्लीलाई दियो १८० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी खेलमा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको चेन्नाइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको हो।

चेन्नाइका लागि फाफ डुप्लिसिसले सर्वाधिक ५८ रन बनाउँदा अम्बाती रायडूले ४५ रन जोडे। सेन वाटसनले ३६ रन जोड्दा रवीन्द्र जडेजाले आक्रामक ३३ रन बनाए।

दिल्लीका लागि एनरिच नोर्टजेले २ विकेट लिँदा तुसार देशपाण्डे र कागिसो रावाडाले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell