PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु

बुटवल : रुपन्देहीमा थप एक कोरोना संक्रमितको शनिवार मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए।

उनमा कुनै दीर्घ रोग थिएन। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना संक्रमितबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell