PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

शिखर धवनको शतकले चेन्नइविरुद्ध दिल्लीले निकाल्यो जित



पहिलोपोस्ट

शिखर धवनको शतकले चेन्नइविरुद्ध दिल्लीले निकाल्यो जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले चेन्नाइलाई ५ विकेटले हराएको हो।

१८० रनको लक्ष्य पछ्याएको दिल्लीले एक बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य भेट्यायो।

दिल्लीका लागि शिखर धवनले शतकीय पारी खेले। उनले जोडेको १०१ रन दिल्लीको जितका लागि महत्वपूर्ण रह्यो। त्यस्तै, मार्कस स्टोइनिसले २४, श्रेयस आइयरले २३ तथा अक्षर पटेलले २१ रन जोडे।

चेन्नइका लागि दीपक चहरले २ तथा साम करन, शार्दुल ठाकुर र ड्वाइने ब्राभोले १/१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको चेन्नाइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो।

चेन्नाइका लागि फाफ डुप्लिसिसले सर्वाधिक ५८ रन बनाउँदा अम्बाती रायडूले ४५ रन जोडे। सेन वाटसनले ३६ रन जोड्दा रवीन्द्र जडेजाले आक्रामक ३३ रन बनाए।

दिल्लीका लागि एनरिच नोर्टजेले २ विकेट लिँदा तुसार देशपाण्डे र कागिसो रावाडाले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell